मुख्य समाचार

अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई तत्काल उद्दार गर्न तरुण दल अध्यक्ष बस्नेतको माग


काठमाडौं । नेपाल तरुण दलले अफगानिस्तानबाट नेपाली नागरिकको तत्काल उद्दार गर्न सरकारसँग माग गरेको छ । तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्तीमार्फत तालिवान फौजले राज्यसत्ता कब्जामा लिएपछि जोखिममा परेका नेपाली नागरिकको उद्दार गर्न सरकारसँग माग गरेका हुन ।

अध्यक्ष बस्नेतले विज्ञप्तीमार्फत द्वन्द्वरत मुलुक अफगानिस्तानबाट आफ्ना नागरिकहरुलाई तत्काल स्वदेश ल्याउन आवश्यक व्यवस्था गर्न एवं उनीहरुको जीवन रक्षा गर्नको निम्ति संवेदनशील भईदिन आग्रह गरेका छन ।

अफगानिस्तानको विद्रोही संगठन तालिबानले विदेशी नागरिकहरुलाई अफगानिस्तान छाड्न चाहेमा समय दिएकोले पनि अफगानिस्तानमा ठूलो संख्यामा रहेको नेपाली नागरिकको सुरक्षित घर फिर्ती र त्यहाँ रहेका आफ्ना नागरिकको जीवन रक्षाको सुनिश्चितताको लागि नेपाल सरकारले तत्काल विशेष पहल गर्न नेपाल तरुण दल केन्द्रीय समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *