काठमाण्डौं । आइतवार मात्र नेपाली जनतालाइ पुग्ने गरि खोप किनिदिएको भनेर भाषण दिएका पुर्वप्रधानमन्त्री केपी ओलीले झुठो वयान दिएको सावित भएको छ । उनले तिन बर्षे कार्यकालम कोभिडको सामना देशले गर्नुपरेपनि सरकारले भने जम्मा दस लाख डोज मात्र खरिद गरेको पाइएको छ ।
उनले भारतसंग खरिद गरेको दस लाख डोज भने अझै आइपुगेको छैन । उनले कोभिसिल्ड खोप दस लाख डोज अनुदानमा र दस लाख डोज खरिद गरेको देखिन्छ तर अहिलेसम्म खरिद गरेको खोप आइपुगेको छैन । यसो भएपनि नयाँ सरकारले भने आउदो माघसम्म ३ करोड २३ लाख डोज खोप ल्याइसक्ने दावी गरेको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भारत,चीन,अमेरिका,जापान देखि भुटानसम्मको सहयोगमा यति ठुलो मात्रामा खोप आउने निश्चित भएको दावी गरेका छन । उनले कति खोप कहाँबाट आयो ? भन्ने फेहरिस्त पनि प्रस्तुत गरेका छन




