काठमाण्डाैं। नशाले लठ्ठ परेका पुर्वयुवराज पारस शाहले प्रहरीसंग झगडा गरेका छन।
शुक्रवार राती महाराजगञ्च चाेकमा हेलमेट समेत नलगाइ माेटरसाइकल चलाएका पुर्वयुवराज पारस शाहले प्रहरीसंग भनाभन गरेका हुन।विना हेलमेट सवारी चलाएपछि उनलाइ प्रहरीले पक्राउ गरेकाे थियाे । तर उनले प्रहरीसंग मुखमुखै लागेर वाझेका थिए।
प्रहरीले उनलाइ तानेर छेउमा राख्न खाेजेपछि उनी झन रिसाएकाे देखिन्छन।उनलाइ प्रहरीले तानेकाे र उनी जान्न जान्न भन्दै प्रहरीसंग झगडा गरिरहेकाे दृश्य सार्वजनिक भएकाेछ।
प्रहरीले छेउ लगाउन खाेजेकाे पुर्वयुवराज पारस शाहले अन्त्यमा प्रहरीलाइ भन्छन-जान्न,तैंले भनेर जान्छु।जान्न। जति गर्दा नमानेपछि र सडकमा जाम हुन थालेपछि प्रहरीले उनलाइ छेउ लगाउन खाेजेकाे थियाे।




