देश

प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेट, मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

मंगलबार बिहान एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वरमा भेटेपछि प्रचण्ड बालुवाटार पुगेका हुन् । प्रचण्ड र नेपालबीच करिब एक घन्टा भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भएको बुझिएको छ । प्रधानमन्त्री देउवा यही साताभित्र मन्त्रिपरिषद्विलाई पूर्णता दिने मनस्थितिमा छन् । मन्त्रिपरिषद् विस्तार गर्दा अहिलेका मन्त्रीहरूको जिम्मेवारी हेरफेर हुने स्रोतले बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *