समाचार

देउवालाई प्रधानमन्त्री नियुक्ति मुद्दामा सर्वोच्चको फैसला आज आउने सम्भावना

काठमाडौं । सर्वोच्च अदालतले बहुप्रतीक्षित प्रतिनिधिसभा विघटन र नेपाली कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने मुद्दामा आज फैसला सुनाउने सम्भावना छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सो रिट निवेदनमा संवैधानिक इजलासमा सुनुवाइ सम्पन्न भएपछि असार २८ गतेका लागि पेसी तोक्ने सिफारिस गरेका थिए । त्यसैले देउवासहित विघटित प्रतिनिधिसभाका एक सय ४६ सदस्यले दायर गरेको मुद्दामा संवैधानिक इजलासले आजै निर्णय सुनाउने सम्भावना रहेको स्रोतले बतायो ।

स्रोतका अनुसार न्यायाधीश ईश्वर खतिवडालाई फैसला लेख्ने जिम्मा दिइएको छ । उनी केही दिनयता फैसला लेखनमा छन् । इजलासका सबै न्यायाधीश बसेर छलफल गर्ने बताइएको छ । संवैधानिक इजलासमा पाँच न्यायाधीश रहेका छन् । जस्तो फैसला आए पनि सर्वसम्मत आउने स्रोतको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *