काठमाडौँ । नेपालले खरिद गरेको कोभिडविरुद्धको आठ लाख डोज भेरोसेल खोप शुक्रबार बिहान काठमाडौं आइपुगेको छ । खरिद गरेको ४० लाख डोज खोपमध्ये पहिलो खेपमा आठ लाख डोज आइपुगेको हो ।
शुक्रबार लाख डोज खोप आइपुगेको र अब निरन्तर खोप आउने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।
नेपालले चीनको साइनोफार्म कम्पनीबाट नेपालले ४० लाख डोज खोप खरिद गरेको छ । पहिलो खेपको खोप लिन नेपाल वायुसेवा निगमको विमान बिहीवार नेपालबाट उडेको थियो ।
अब दोस्रो खेपका लागि ३१ असारमा निगमको जहाज चीन जाने कार्यतालिका छ । यससँगै तेस्रो खेपमा खोप ल्याउन निगमको जहाज ७ साउनमा चीन जाने भएको छ ।




