काठमाडौं । एमालेको केन्द्रीय कमिटी बैठकअघि शुक्रबार बिहान प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई टेलिफोन गरेका छन् ।
आजको बैठकमा माधव पक्षले उपस्थिति नहुने निर्णय गरेपछि ओलीले फोन गरेर सहभागिता जनाउन र आफ्ना धारणा राख्न आग्रह गरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
ओलीले चित्त नबुझेको कुरा राख्न भन्दै हदैसम्म लचकता अपनाउने बताएको बुझिएको छ । सम्भवतः आजै ओली र नेपालबीच भेटवार्ता हुने भएको छ ।
एमालेको केन्द्रीय कमिटी बैठक आज बालुवाटारमा ११ बजेका लागि बोलाइएको छ। तर नेता नेपाल पक्षले भने बैठकमा सहभागी नहुने निर्णय गरेको छ। ओली पक्षले तोकिएकै समयमा बैठक सुरु हुने जनाएको छ ।




