काठमाडौं । चुनावी सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफे गरेका छन । नवनियुक्त मन्त्रीहरुले आज साँझ शपथ लिएका छन ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ कायमै छन । रघुवीर महासेठलाई परराष्ट्र मन्त्रालयकोसमेत जिम्मेवारी दिएरउपप्रधानमन्त्री बनाइएको छ । जसपाबाट सरकारको नेतृत्व गरेका राजेन्द्र महतोलाई उपप्रधान र सहरी विकास मन्त्री बनाइएको छ । शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाइएको छ ।
जसपाबाट महतो उपप्रधानमन्त्रीसहित सहरी विकास, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अनिलकुमार झा खानेपानी मन्त्रालय, लक्षणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था, विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, एकवाल मियाँलाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
रेनुका गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक र चन्द्रकान्त चौधरीलाई उmर्जा तथा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ ।





