काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारदेखि निषेधाज्ञा थप कडा पारिँदैछ। काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले थप गरिएको एक हप्ताको निषेधाज्ञामा किराना पसलसमेत खोल्न नदिने भएपछि सर्वसाधारण खाद्यन्नकाे जाेहाे गर्न किराना पसलमा भीड लागेर किनिरहेका छन् । तर काठमाडाैं जिल्ला प्रशासन याे एक हप्तामा सर्वसाधरणमा खाद्यन्नकाे लागि समस्या भएमा समन्वय गर्ने भएकाे छ ।
यो अवधिमा खाद्यान्न किन्न परे के गर्ने भन्ने प्रश्न उठेपछि काठमाडौं जिल्ला प्रशासनले केही नम्बरहरू उपलब्ध गराएको छ।
कतै खाद्यान्नको अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत् खरिद बिक्रीको गराउने प्रशासनले जनाएको छ।
माछा- मासु, दूध, तरकारीलगायतका लागि भने बिहान ९ बजेसम्म पसल खोल्न दिइने छ।





