समाचार

सेयर बजारमा तहल्का मच्चियो, सर्वाधिक सेयर कारोबार भई ऐतिहासिक रेकर्ड

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार सर्वाधिक सेयर कारोबार भएर ऐतिहासिक रेकर्ड राखेको छ । आज एकैदिन नेप्सेमा १३ अर्ब १७ करोड ५३ लाख बराबरको कारोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । त्यस्तै आज नेप्से ३.५ अंकले बढेर दुई हजार आठ सय २३ दशमलब ५ विन्दुमा पुगेको छ । आज कारोबार भएका समूहमध्ये ८ वटा समूह घटेका छन् भने अन्य समूह बढेका छन् ।

नेप्सेका अनुसार आज ६ कम्पनीको शेयरमूल्यमा धेरै बढेको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बरुण हाइड्रोपावर कम्पनी, युनाईटेड इदी मर्दी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक, अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहेका छन् ।

त्यसैगरि, आज एक्सेल डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *