काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्ने विज्ञको भनाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन ।
उनले आज सामाजिक सञ्जालमार्फत सरकारलाई केन्द्र र सात वटै प्रदेशमा बालबालिकाका लागि अस्पतालमा विशेष वार्ड-आइसियुलगायतको तयारी गर्न आग्रह गरेका हुन । पूर्वप्रधानमन्त्री देउवाले १२ वर्षमाथिका बालबालिकालाई खोप शुरु गर्ने विषयमा पनि प्रक्रिया अघि बढाउन सरकारसँग अनुरोध गरेका छन ।
सभापति देउवाले भनेका छन -कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले वालवालिकालाई असर गर्ने विज्ञहरुले बताइरहेका छन्। म सरकारलाई केन्द्र र सातवटै प्रदेशमा वालवालिकाका लागि अस्पतालहरुमा विषेश वार्ड/आइसीयू लगायतको तयारी र १२ वर्षमाथिकालाई खोप सुरु गर्ने विषयमा पनि प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु।




