समाचार

सभापति देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन क्रियाशील रहने कांग्रेसकाे निर्णय

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ ।

मंगलबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले राष्ट्रपतिले दिएको समयसीमा भित्र सरकार बनाउन आवश्यक समर्थन जुटाउन सम्पूर्ण रुपमा पार्टी क्रियाशील रहने निर्णय गरेको हो । देउवाको नेतत्वमा सरकार बनाउन बहुमत पुग्ने कांग्रेसले विश्वास लिएको छ ।

पदाधिकारी बैठकले माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा सरकार बनाउने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । ‘माओवादी केन्द्र र कांग्रेस एक ठाउँमा छन । जसपा एकजुट भएर यो अभियानमा सामेल होस भन्ने हामी चाहन्छौं,’ बैठकपछि पत्रकारहरुसित महतले भने, ‘माधवजीहरुको पनि सहयोग जुटाउने कोसिस रहन्छ ।’

एमालेभित्रका माधव नेपाल समुहका सांसदहरुले पनि फ्लोरक्रर गर्ने सम्भावन पनि जीवतै रहेकाले देउवा नयाँ नेतृत्वमा सरकार बन्ने कुरामा विपक्षी दल आशावादी
छन ।
जसपाको महन्थ ठाकुर समूह भने केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारकै निरन्तरताको पक्षमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *