काठमाडौं । नेपाली कांग्रेसका आधा दर्जन नेता कोरोना संक्रमित भएका छन् । संक्रमित हुनेमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, शंकर भण्डारी, रामजनम चौधरी, प्रगतिमान रञ्जितलगायत छन् ।
यसैबीच, कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।
तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किएका भण्डारीको वैशाख १८ गते स्वाव परीक्षण गर्दा उनीसहित श्रीमती र छोरालाई कोरोना सङ्क्रमण देखिएको थियो । भण्डारीको श्रीमती र छोरा भने होम आइसोलेसनमै छन् ।




