समाचार

बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै देउवा, यस्ता छन् विषयवस्तु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन् ।

कोरोना संकट, सरकारको भूमिका र लकडाउनमा नागरिकको जनजीवनमा परिरहेको असरका विषयमा सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पत्रकार सम्मेलनमार्फत् देउवाले कांग्रेसको धारणा राख्न लागेको उनको निजी सचिवालयले जनाएको छ । कोरोना महामारीकै विषयमा देउवाले फोकस गर्ने भएका छन् । कोरोना मुख्य विषयवस्तु भए पनि देउवाले अन्य समसामयिक विषयबारे पनि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएका छन् ।

खासगरी कांग्रेसको १४औं महाधिवेशन, प्रदेशमा देखिएका सत्ता समीकरण तथा केन्द्रमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्तावबारे पनि देउवाले आफ्नो धारणा राख्न लागेको उनी निकट एक नेताले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *