काठमाडौ। बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी ५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका ३ का एकजना पुरुष छन् ।
तीनैजनाको सोमबार बिहान फरकफरक समयमा मृत्यु भएको हो ।
तिलोत्तमाकी महिलामा चैत २१ गते कोरोना संक्रमण देखिएकोमा २३ गते अस्पताल भर्ना भएकी थिइन् । उनको सोमबार बिहान ७ः२७ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए । उनमा ज्वरो, दम र निमोनियाको समस्या रहेको उनले बताए ।
यस्तै अर्घाखाँचीकी महिलामा चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ९ स् ५० बजे मृत्यु भएका प्रवक्ता गौतमले बताए । उनमा पनि ज्वरो, दम, निमोनियाको समस्या रहेको डा। गौतमले बताए ।
कपिलवस्तुका पुरुषमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ७ स् १४ बजे मृत्यु भएको प्रवक्ता गौतमले बताए ।संक्रमित पुरुषमा मधुमेह, ज्वरो, दम, निमोनियाको समस्या रहेको उनले बताए । त्यस्तै
धनगढीको सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत् थप कोरोना संक्रमितको मृत्यु भएको छ।
कैलालीको गोदावरी नगरपालिका ३ का ५५ वर्षीय संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले जानकारी दिए।
आइतबारमात्रै उनको परीक्षण गर्दा कोराना देखिएको थियो। संक्रमित भएपछि उनी गएराति ८ बजेतिर अस्पतालमा भर्ना भएका थिए। उनको रातिदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो।
ती पुरुषमा एक्कासी श्वासप्रश्वास र कडा खालको निमोनियाको समस्या देखिएपछि उनको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।




