समाचार

सरकारद्वारा भटाभट राजनीतिक नियुक्ति, चुरे विकास समितिमा पौडेल र विज्ञापन बोर्डमा हुमागाइँ नियुक्त

काठमाडौं । सरकारले भटाभट राजनीतिक नियुक्ति गर्न थालेको छ । राजनीतिक अस्थिरताका कारण कुन बेला ओली सरकार ढल्ने हो ? निश्चित नभएका बेला मन्त्रिपरिषद् बैठकले विभिन्न सरकारी निकायमा नियुक्ति गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त रहेको राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ । विकास समितिका सदस्यहरुमा अवकाश प्राप्त सहायकरथी बाबुकृष्ण कार्की, डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुण छन् ।

मन्त्रिपरिषद बैठकले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा बोर्ड अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । बोर्डको अध्यक्ष बन्न तीन जनाको आवेदन परेको थियो । आवेदन दिनेमा लेखनाथ शर्मा पंगेनी, रमेशकुमार खड्का र लक्ष्मण हुमागाईं थिए ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले फागुन २० गते सूचना जारी गर्दै विज्ञापन बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिहरुलाई आवेदन माग गरेको थियो । विज्ञापन बोर्डमा यसअघि नै सदस्यहरुको नियुक्ति भइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *