रिबन

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक, सत्ता समीकरणबारे जसपासँग छलफलबारे एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । दिउँसो ३ बजे आफ्नो निवास बुढानिलकण्ठमा देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

आजको बैठकमा वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसको भूमिकाको विषयमा छलफल हुने जनाइएको छ । आजै कांग्रेस र जसपाबीच सत्ता समीकरणबारे छलफल हुने भएको छ ।

पदाधिकारी बैठकलगत्तै देउवाले जसपाका नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।
जसपाले सरकार गठनबारे तीन दलसँग छलफल गर्ने निर्णयअनुसार आज कांग्रेससँग छलफल गर्न लागेको हो ।

आजको पदाधिकारी बैठकमा देउवा–प्रचण्डको भेटमा भएका छलफलका विषयमा समेत कुराकानी हुने जानकारी दिइएको छ ।

आजै रामचन्द्र पौडेल समूहको बैठक महामन्त्री शशांक कोइराला निवास महारजगञ्जमा बसेको थियो । कांग्रेसमा अहिले सरकारको नेतृत्व लिएर चुनावी सरकार गठन गर्नुपर्ने र मध्यावधि निर्वाचनमा जानुपर्ने धारणा उठेको छ । अधिकांश नेताहरू सम्भव भएसम्म चुनावी सरकारको नेतृत्व गर्नुपर्ने पक्षमा देखिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *