मुख्य समाचार

संवैधानिक नियुक्तिविरुद्ध सभामुखले दायर गरेको मुद्धामा कारण देखाउ आदेश

काठमाडौं । संवैधानिक निकायहरूमा गरिएका नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले परिषदमा नियुक्ति गर्नुको कारण देखाउ आदेशसँगै उक्त रिटलाई अग्राधिकार दिएको छ । अग्राधिकार पाएसँगै मुद्धाको प्रक्रिया प्राथमिकताका साथ टुङ्गो लाग्नेछ ।

सभामुखले आफ्नो रिट निवेदनमा संवैधानिक निकायहरूमा गरिएका नियुक्ति बदर योग्य भएको दाबी गर्दै माघ २३ गते अन्तरिम आदेशको माग गरेका थिए । ११ वट संवैधानिक निकायमा सुनुवाइबिनै नियुक्ति गरिएपछि सभामुख सापकोटाले दायर गरेको रिट निवेदनमा माग गरिएको अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ ।
मुद्धामा राष्ट्रपति, प्रधानमन्त्री,प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष र नवनियुक्त आयोगका पदाधिकारीहरुलाई विपक्षी बनइएको छ । सभामुख सापकोटाले नियुक्ति बदर माग गर्दै माघ २३ गते रिट दायर गरेका थिए ।
४५ दिनभित्र सुनुवाइ हुन नसके नियुक्तिमा बाधा नपर्नेु व्यवस्थामा टेकेर योग्यता पुगेका ३२ जनालाई सरकारले गत बुधवार शपथ गराएको थियो । संवैधानिक परिषदले मंसिर ३० गते विभिन्न आयोगहरुमा ३८ जनालाई नियुक्तको सिफारिस गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *