रिबन

आज हल्का वर्षाको सम्भावना

काठमाडौं । आज देशभरको मौसममा आंशिक बदली रहेको छ। देशभर कुनै उल्लेखनिय मौसमी प्रणाली नरहेपनि आजको मौसममा भने आंशिक बदली रहेने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आजको मौसम पूर्वानुमान छ ।

आज काठमाडौंसहित केही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, २, बाग्मति र गण्डकी प्रदेशमा आज हल्का वर्षाको सम्भावना छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पुर्वानुमान:

पुष २८ गते मंगलबारः
मंगलबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ र तराईका भु(भागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ। देशका अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २९ गते (बुधबार)

दिउँसोः प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका भु(भागमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने सुदुरपश्चिम प्रदेशको तराईका भु(भागमा आंशिक बदली रहनुका साथै देशका अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १ गते (बिहीबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *