रिबन

पत्नी सीताको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाने भएका छन् । पत्नी सीता दाहालको थप उपचारका लागि उनी भारत जान लागेका हुन् । सीताको उपचार भारतको मुम्बईको एक अस्पतालमा हुने भएको छ ।

प्रचण्डले आइतबारको नेकपा स्थायी कमिटी बैठकमा आफू भारत जान लागेको जानकारी गराएका थिए। विहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ।
वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई भारत लैजान लागिएको हो ।

यसअघि नेकपा (बहुमत) को स्थायी कमिटी बैठक आज पेरिसडाँडामा बस्ने भएको छ । पार्टी संगठनको काम र जिम्मेवारी तोक्नका लागि बैठक बस्ने एक नेताले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *