काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजालसले प्रतिनिधिसभा विघटनविरुद्ध परेको सबै रिट संवैधानिक इजालसमा पठाउने निर्णय गरेको हो ।
संवैधानिक इजलाशमा यो मुद्दामा शुक्रबार सुनुवाइ हुनेछ ।
सर्वोच्चमा परेका ११ वटा रिटमाथि बुधबार भएको सुनुवाइपछि सबै मुद्दा संवैधानिक इजलासमा लगिने भएको हो । संवैधानिक इजलास १० पुसमा तोकिएको छ ।
संवैधानिक इजालसमा प्रधानन्यायाधीशसहित पाँचजना न्यायाधीश रहनेछन् । जसमा नेकपा नेतृत्वको सरकारले नियुक्त गरेका चार न्यायाधीश राखेर सुनुवाइ हुने स्रोतले बताएको छ ।




