रिबन

संसद् विघटनसम्बन्धी रिटको सुनुवाइअघि प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराले आज एउटै मञ्च सेयर गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि देशको अवस्था अहिले तरल बन्न पुगेको छ । प्रधानमन्त्री ओलीको पार्टी नेकपाको बहुमत केन्द्रीय सदस्यको बैठकले उनलाई अध्यक्षबाट हटाएको छ । आज बस्ने प्रचण्ड माधव नेपाल समूहको नेकपा संसदीय दलको बैठकले समेत ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई नेता बनाउँदैछ ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा १२ वटा रिट परेको छ । ती सबै रिटको पेस आजै तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो एकल इजालसमा १२ वटै रिटको सुनुवाइ हुने गरी पेसी तोकेका छन् । सबै रिटमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी बनाइएको छ ।

त्यसैले अब प्रधानमन्त्री ओली झगडिया बनेका छन् । तर, तिनै प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराले आज एउटै मञ्च सेयर गर्दैछन् । त्यो पनि सर्वोच्च अदालत परिसर नजिकै महान्यायाधिवक्ताको कार्यालयमा ।

महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन आज हुँदैछ । महान्यायाधिवक्ता अग्नि खरेलले प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथि र प्रधानन्यायाधीश जबरालाई विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *