काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल संसद् अधिवेशन तत्काल बोलाउन माग गरेको छ ।
कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार नयाँ बानेश्वरमा बसेको बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन र तत्काल संसद् अधिवेशन बोलाउन माग गरेको हो ।
बैठकपछि संचाकर्मीसँग कुरा गर्दै काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश बन्ने र सर्वसत्तावादी सोचलाई अगाडि बढाउन नै यो अध्यादेश ल्याएको हो ।’
सर्वसत्तावादी शैलीले संविधानमाथि खेलबाड नगर्न काँग्रेसले सरकारलाई सचेत गराएको छ । साथै, कोरोना भाइरसको महामारी व्यवस्थापन गर्न सरकार पूर्ण रुपमा असफल भएको निस्कर्ष निकालेको छ ।




