ताजा समाचार

घट्दै छ काठमाडौंको तापक्रम, आज यो वर्षकै चिसो दिन

काठमाडौं । काठमाडौं उपत्यकामा आज अत्याधिक चिसो अनुभव गरिएको छ । आज बिहान साढे ६ बजेको तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ । जुन यो वर्षकै सबैभन्दा कम तापक्रम हो ।

मोसमविद् मन्जु बासीका अनुसार आजसम्मको यो वर्षकै न्यून तापक्रम हो । दिउँसो १७–१९ डिग्री सेल्सियस तापक्रम रहने छ । अब दिनानुदिन तापक्रम घट्ने छ । ‘यो नियमित मौसमी प्रक्रिया नै हो’ उनले भनिन् । दिउँसो चर्कै घाम लागेपनि मानिसले तातो कम नै भएको महसुस गर्ने उनले बताइन् ।
त्यसैगरि महाशाखाले तीन दिने मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । तत्काल कुनै मौसमी प्रणाली सक्रिय नरहेको मौसमविद् बासीले जानकारी दिइन् ।
हाल पूर्वी तथा पश्चिमी नेपालको तराई भू(भागमा हुस्सु-कुहिरो लागिरहेको छ। महाशाखाले दिनहुँ तापक्रमको गिरावटका कारण चिसो बढ्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन सबैमा अनुरोध गरेको छ। साथै तराईका अधिकांश भु(भागहरुमा तथा पहाडका केही भू(भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु पनि सबैमा अनुरोध छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *