काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्रको जवाफ पत्रबाटै फर्काएका छन् । उनले पाँचपन्ने जवाफ लेख्दै गुटबन्दी गरेको आरोप लगाएका छन् ।
नेकपा सचिवालयका एक सदस्यले दिएको जानकारीअनुसार प्रचण्डसहित पाँच सचिवालय सदस्यले केही दिनअघि सचिवालय बैठक बोलाउन अनुरोध गर्दै बुझाएको दुईपन्ने पत्रको जवाफ अध्यक्ष ओलीले बिहीबार पाँच पन्नामा लेखेर प्रचण्डलाई फर्काएका हुन् । उनले प्रचण्डलाई सम्बोधन गर्दै अन्य नेताहरुलाई बोधार्थ दिएका छन् ।
‘दुईपन्ने पत्रको जवाफ अध्यक्ष ओलीले पाँच पन्नामा लेखेर प्रचण्डलाई पठाएका हुन् त्यहा उनले गुटबन्दी मैले होइन, तपाईंहरूले गरिरहनुभएको छ भन्ने उल्लेखछ ,’ ती नेताले भने । एक महिना ८ दिनपछि शुक्रबार दिउँसो ४ बजे नेकपाको सचिवालय बैठक बस्दै छ। त्यसअघि ओलीले प्रचण्डलाई लिखित जवाफ फर्काएका हुन्। शुक्रबारको बैठकमा एक मतका साथ जानलाई विहिबार साँझ खुमलटारमा अध्यक्ष प्रचण्डसहित पाँच नेताको छलफल भएको छ ।
सो छलफलमा अध्यक्ष प्रचण्डले ओलीबाट भएका कमजोरीको विषयलाई दस्तावेज बनाई बैठकमा पेश गर्ने बताएका थिए । ‘पार्टी एकता भएपछि ओलीजीले मलाई अपमान गर्न के के गर्नु भयो, पार्टीको विधान कसरी उल्लंघन गर्नुभयो त्यसको सबै हिसाब किताब राखेको छु साथै छुट्टै दस्तावेजको रुपमा पेश गर्नेछु’, प्रचण्डको भनाई उद्यृत गर्दै स्रोतले भन्यो । तर अन्य सदस्यहरुले दस्तावेज नै बनाईसक्नु भयो भन्दै प्रश्न गरेका थिए ।
यता विहिबार अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको बहुमत सचिवालय सदस्यबीचको छलफलले सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको स्रोतको भनाइ छ । आजको बैठकलाई लिएर खुमलटारमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो । तर विहिबारको बैठकमा वामदेव गौतम अन्तिम अन्तिममा पुगेका थिए । नेकपामा शक्तिशाली निकाय ९ सदस्सीय सचिवालयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा छन् ।
प्रचण्ड र माधव कुमार नेपाल पक्षसँग ५ सदस्य बहुमत छन् । गौतम, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ समेत गरी उनीहरूको बहुमत पुग्छ । प्रधानमन्त्री ओलीसँग भने ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा मात्रै छन् । शुक्रबार प्रचण्डले ओलीका कमजोरीहरुबारे फेहरिस्त प्रस्तुत गर्ने भएका छन् । स्रोतका अनुसार उनले दस्तावेज नै बनाएर प्रस्तुत गर्ने स्रोतको दावी छ । ‘पार्टी एकता भएदेखिनै प्रचण्डले बुँदा टिपोट गरेर राखेका रहेछन् त्यसलाई नै सँगालेर दस्तावेज बनाएका हुन ’, उनी निकट एक नेताले भने ।




