काठमाडौं । कोरोना संक्रमणबाट आज मंगलबार थप ९ जनाको मृत्यु भएको छ । झापामा ३, रुपन्देही र बर्दियाका २–२ तथा दाङ र चितवनमा १–१ जनाको मृत्यु भएको हो । बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
बर्दिया ठाकुरबाबा नगरपालिका–२ का २९ वर्षीय पुरुष, बासगढी नगरपालिका–८ का ३५ वर्षीय पुरुष र दाङ घोराही उपमहानगरपालिका १५ का ६४ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको छ । झापा हल्दिबारी –४ का ७२ बर्षिय पुरुषको पनि उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको छ ।
त्यस्तै कचनकबल गाउँपालिका–६ की ६८ वर्षीया महिलाको पनि सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै मेचीनगर–२ का ८६ वर्षीय बृद्धको पनि नोबल अस्पतालमै उपचारको क्रममा मृत्यु भएको छ ।
त्यस्तै मेडिकल कलेजमा उपचाररत चितवनको भरतपुर–१९ का ७७ वर्षीय वृद्धको पनि उपचारको क्रममा मृत्यु भएको छ । यसैगरी रुपन्देहीको भीम अस्पतालमा उपचारका क्रममा २ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धार्थ नगर नगरपालिका १२ का ७० वर्षीय पुरुष र लुम्बिनी सांस्कृतिक नगरपालिका १० का ४७ वर्षीया महिला रहेका छन् । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १ हजार १ सय ३५ जना पुगेको छ ।




