मुख्य समाचार

पूर्व सभामुख महराकी पत्नी सीताको कोरोनाका कारण निधन

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणबाट निधन भएको छ ।

पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएकी सीताको काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे निधन भएको बताइएको छ ।

उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गत कात्तिक १३ गते दाङको गोर्खा अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि उनलाई गत शुक्रबार दाङबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन् ।

१५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भैरहेको उनको आज निधन भएको हो । उनका दुई छोरा र दुई छोरी छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *