मुख्य समाचार

२८२४ संक्रमित थपिए, ३६२० संक्रमणमुक्त

काठमाडौं । विगत २४ घन्टामा नेपालमा २ हजार ८ सय २४ जना संक्रमित थपिएका छन् । १३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा महिला १ हजार ४६ र पुरुष १ हजार ७ सय ७८ जना संक्रमित थपिएका हुन् । आज ३ हजार ६ सय २० जना संक्रमणमुक्त भएर घर फर्केका छन् ।

आइतबार २३ जना संक्रमितको निधन भयो । नेपालमा संक्रमणले निधनको संख्या ९ सय ६० पुगेको छ । नेपालमा संक्रमित हुनेमध्ये ० दशमलब ५ प्रतिशतको ज्यान गएको छ । संक्रमणमुक्त हुने संख्या दर ७७ दशमलब ७ प्रतिशत रहेको छ ।

प्रदेश १ मा ४४१, प्रदेश २ मा ८६, बागमति प्रदेशमा १ हजार ७ सय २२, गण्डकी प्रदेशमा २५४, लुम्बिनीमा १८८, कर्णालीमा ३८ र सुदूरपश्चिममा ९५ जना नयाँ संक्रमित थपिएका छन् । उपत्यकामा १ हजार ६ सय २२ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार ३ सय ६२, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जना संक्रमित थपिएका छन् । उपत्यका बाहिर सबैभन्दा धेरै झापामा ७५, मोरङमा २१२, सुनसरीमा ८०, कास्की १५५, रुपन्देही ९१ जना संक्रमित थपिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *