मुख्य समाचार

कोरोना संक्रमणले पत्रकार चौलागाईंको निधन

काठमाण्डु, १४ कात्तिक–कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंको निधन भएको छ । ५१ वर्षीय चौलागाईंलाई गत २६ असोजमा कोरोना पुष्टि भएको थियो । उनी स्थानीय काभ्रे पोष्टका प्रधान सम्पादक हुन् ।

अत्याधिक ज्वरो आएपछि चौलागाईंलाई १ कात्तिकमा काठमाण्डुको चाबहिलस्थित ओम अस्पताल ल्याइएको थियो । उपचारका क्रममा शुक्रबार बिहान ४ बजे चौलागाईं निधन भएको काभ्रे पोष्टका पत्रकार दीपकप्रसाद चौलागाईंले जानकारी दिए ।

यसैबीच नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकार चौलागाईंको निधनप्रति दुःख व्यक्त गरेका छन् । ‘काभ्रे पोष्ट साप्ताहिकका प्रधानसम्पादक विष्णु चौलागाईंको निधनको खबरले स्तब्ध छु, चौलागाईंप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु’, आचार्यले फेसबुकमा लेखेका छन्, ‘शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *