काठमाडौं– नेपालमा गत २४ घण्टामा २३६४ जना संक्रमित भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ९७६९ जनाको पीसीआर परीक्षण गर्दा २३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्रै १६१५ जना संक्रमित भएका छन् । काठमाडौंमा १३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जना संक्रमित भए ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०३८ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७५ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १२४८६२ रहेको छ । नेपालमा निको हुनेको दर ७५.८ प्रतिशत रहेको छ ।
कोरोनाबाट थप १७ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।








