ताजा समाचार

छ महिनादेखि ओलीलाई भेट्न समय नपाएको प्रवक्ता श्रेष्ठको गुनासो

 काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपामा आलोचनात्मक चेत भएकाभन्दा दासहरु धेरै भएको टिप्पणी गरेका छन् । स्वार्थसहित कृतिम प्रशंसा गर्नेहरुले कसैलाई पनि सही दिशामा नलैजाने भएकाले यथार्थ बोल्न सक्नेहरुको आवश्यकता रहेको भन्दै आलोचनात्मक चेतभन्दा नेकपमा दासहरुकाे संख्या बढी रहेको बताएका हुन् । बेठिकलाई बेठीक भनियो भने मात्रै ठीक दिशामा जान सकिन्छ, त्यसैले कम्युनिष्ट पार्टीलाई आलोचनतात्मक चेत सहितका कार्यकर्ताको पार्टी बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रवक्ता श्रेष्ठले रुस र चीनका कम्युनिष्ट पार्टीहरुमा पनि कुनै व्यक्ति विषेशलाई अति प्रशंसा गर्नेहरुले त्यो व्यक्तिको मृत्युपछि अति गालि र अति आलोचना गरेको उल्लेख गरेका छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी र सरकारका बारेमा सल्लाह गर्न भेट्नका लागि पटक पटक प्रयास गर्दा पनि छ महिनादेखि आफुले समय नपाएको उनले बताएका छन् । कम्युनिष्ट पार्टीको सरकारले पहिलाको सरकारको कार्यशैलीका कम्तीमा तीन ओटा सुधार गर्नु पर्ने मान्यता आफुले राखेको उनको भनाई छ ।

प्रवक्ता श्रेष्ठले नियम अनुसार काम हुनु पर्ने, कुनै पनि कामका लागि भनसुन गर्न र घुस खुवाउनु नपर्ने अवस्था हुनुपर्नेमा जोड दिए । त्यसैगरी कर्मचारी संयन्त्रमा पुनर्सरचना गर्नु पर्ने वा पर्याप्त परिचान गर्नुपर्ने, हरेक राजनीतिक नियुक्तिमा योग्यता र क्षमताका आधारमा मात्रै गर्नु पर्ने, असारे विकासको प्रबृत्तिमा सुधार गर्नु पर्ने र पुजीगत खर्च कार्यान्वयनको क्षमता बृद्धि गर्नु पर्ने अपेक्षा अहिलेको सरकारबाट गरेको उनले बताएका छन् । सरकारले अपेक्षित काम गर्न नसकेको स्विकार गर्दै कार्यशैलीमा सुधार आवश्यक भएकोमा पनि जोड दिएका छन् । प्रवक्ता श्रेष्ठले भारतको गुप्तचर निकाय रअका प्रमुख सामन्त गोयलसँगको भेटघाट ठिक नभएको र यसले गलत सन्देश दिएको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *