काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले ४८ हजार ८३० प्रहरी परिचालन गर्ने भएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतका अनुसार ७ वटा प्रदेश तथा महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रहरी परिचालन हुनेछ । सबैभन्दा धेरै बागमती प्रदेशमा प्रहरी परिचालन हुनेछ । बागमति प्रदेश प्रहरी कार्यालयले प्रदेशभरि ४ हजार ९५३ र महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकामा ७ हजार ५५० प्रहरीलाई परिचालन गर्नेछ ।
नेपालभरमा ट्राफिकसहितको संयुक्त चेकिङ ४९० वटा र २६४ वटा यात्रु सहायता कक्ष सञ्चालन गर्नेछ । प्रवक्ता कठायतका अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकामा ७ हजार ५५० प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ५४ वटा र यात्रु सहायता कक्ष २१ वटा राख्नेछ ।
प्रदेश नं १ बिराटनगरले ७ हजार ९२२ प्रहरी परिचालन हुने छन् भने प्रहरीहरुले ट्राफिकसहितको संयुक्त चेकिङ ८३ वटा र यात्रु सहायता कक्ष ३५ वटा राख्नेछ । प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरले ७ हजार ३९० प्रहरी परिचालन हुने छन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ५४ वटा र यात्रु सहायता कक्ष ३३ वटा संचालन गर्नेछ ।
बागमती प्रहरी कार्यालय हेटौडाले ४ हजार ९५३ प्रहरी परिचालन हुनेछन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ६२ वटा र यात्रु सहायता कक्ष ३९ वटा संचालन गरिसकेको छ । गण्डकी प्रहरी कार्यालय पोखराले ५ हजार ३०३ प्रहरी परिचालन हुनेछन् भने प्रहरीहरुले ट्राफिकसहितको संयुक्त चेकिङ ७३ वटा र यात्रु सहायता कक्ष ३६ वटा राख्नेछ ।
लुम्बिनी प्रदेश कार्यालय दाङले सात हजार ८५० प्रहरी परिचालन हुनेछन् भने प्रहरीहरुले ट्राफिकसहितको संयुक्त चेकिङ ८७ वटा र यात्रु सहायता कक्ष ४२ वटा राख्नेछ । कर्णाली प्रदेश कार्यालय सुर्खेत तीन हजार ७९७ प्रहरी परिचालन हुनेछन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ २८ वटा र यात्रु सहायता कक्ष १० वटा राख्नेछ ।
सुदुरपश्चिम प्रहरी कार्यालय दीपायलमा ५ हजार ५० प्रहरी परिचालन हुने छ भने प्रहरीहरुले ट्राफिकसहितको संयुक्त चेकिङ ४९ वटा र यात्रु सहायता कक्ष ४० वटा राख्नेछ । कठायतका अनुसार नेपालभरका प्रमुख सहरहरुमा आवश्यकता अनुसार ड्रोनको प्रयोग गरेर सुरक्षाको दिने तथा चेकिङस्थलमा तालिम प्राप्त कुकुरहरुको समेत प्रयोग गरिने प्रवक्ता कठायतले भने ।
त्यस्तै प्रदेश प्रहरी कार्यालयहरुले समेत जिल्ला–जिल्लामा कसरी चाडपर्वमा सुरक्षा दिने भनेर सादा पोसाकमा प्रहरी परिचालनदेखि लिएर मोवाइल गस्ती, साइकल गस्ती तथा नियमित चेकजाँच गर्ने प्रवक्ता कठायतले जानकारी दिए ।




