मुख्य समाचार

कर्णालीका नेता समूह बनाएर भेटघाटमा व्यस्त

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका नेताहरु समूह बनाएर शीर्ष नेतृत्वसँग भेटघाटमा व्यस्त छन् । पहिलो चरणमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको टोलीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको थियो । बिहीबार आफ्नो निवास खुमलटारमा अध्यक्ष प्रचण्डले मुख्यमन्त्री शाहीको टोलीलाई भेटेर पछिल्लो समय कर्णालीमा उत्पन्न पार्टीको आन्तरिक राजनीतिक विवादबारे परामर्श गरेका हुन् ।

सांसद यामलाल कँडेलको अगुवाइमा प्रदेशका १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध पार्टी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद सतहमा आएको थियो । त्यसपछि मुख्यमन्त्री शाहीले मुख्य सचेतक गुलावजंग शाहलाई हटाएर सीता नेपालीलाई नियुक्त गरेका थिए । विवाद देखिएपछि नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले दुवै पक्षलाई काठमाडौं बोलाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *