ताजा समाचार

वीपी जयन्ती र नेपाली कांग्रेसको संक्षिप्त इतिहास

हरेक वर्ष जस्तै यो वर्ष पनि नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष एवं प्रेरक व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्म जयन्ती भदौ २४ गते देखि तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरेर मनाउन नेपाली काँग्रेस केन्द्रीय समिति मार्फत वीपी जयन्ती विशेष ३ दिने केन्द्रीय कार्यक्रम बारे प्रेस नोट जारी गरेको छ। जसमा जिल्ला र बिदेश स्थित जनसम्पर्क समितिहरुलाई केन्द्रीय समितिका तर्फबाट एकसाता अघि परिपत्र गरिसकिएको जनाएको बुझीएको छ । कोरोना प्रतिकुलताबाट सुरक्षीत रहंदै स्थानीय परिस्थिति हेरि अनिवार्य रुपले भौतिक दूरि र अनिवार्य मास्क प्रयोग गरेर अथवा भर्चुअल रूपमा कार्यक्रम गर्न प्रेस नोटमा सूचित गरिएको छ । राहत वितरण, मास्क वितरण, सचेतना कार्यक्रम समेत यो अवसरमा समाविष्ट गर्न समेत आग्रह गरिएको छ। यसरी शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्म जयन्ती भदौ २४ गते मनाइँदैछ।

स्मरणीय के छ भने नेपाली कांग्रेसले हरेक वर्ष उहाँको निधनको पुण्यतिथि साउन ६ लाई लाजागाला बीपी स्मृति दिवसका रूपमा मनाउँदै आएको छ।

वर्तमानमा देखिएका कांग्रेसी नेताहरुले बुझ्नु पर्ने विषय भनेको पञ्चायत कालमा बीपी स्मृति दिवसलाई निरंकुश व्यवस्थाको विरोधको अवसरमा तत्कालाका राज्य सत्ताले लिने गरिएको थियो। त्यस वखत बीपी स्मृति दिवसमा वृक्षारोपण गर्दा राज्यबाट अवरोध गरिनुका साथै प्रहरी लगाएर दमन गर्ने र मण्डले परिचालन गरी आक्रमण गर्नुका साथै व्यापक धरपकड एवं जेलनेल समेतको पिडा कांग्रेसीजनले सहनुपर्थ्यो। तर, त्यसको कुनै पर्बाह नगरी कांग्रेसीजनले स्वतस्फुर्त रुपमा बर्षै पिच्छे स्मृति दिवस मनाइरहने गर्थे । त्यस बखत कुनै नेताको निर्देशन वेगर  बीपी स्मृति दिवसमा वृक्षारोपण गर्ने परम्परा थियो त्यस्को निरन्तरता लाजागाला अझै पनि सन्चालित छ।
त्यस्तो घोर निराशाको कालो वादलको घेराभित्र पनि विश्वेश्वरप्रसाद कोइरालाको लोकतन्त्रको उज्यालो भविष्यको परिकल्पनामा आँफुलाई समर्पित गर्दै असंख्य युवाले प्राणाहूति दिए, कतिले सम्पूर्ण जीवन अर्पण गरे र आफूलाई आन्दोलनहरूमा उत्सर्ग गरे। त्यो वीरगाथा र तिनका हजारौं परिवारजनको कारुणीक जीवनसहितको लोकतान्त्रिक संघर्षमा लुकेको यति लामो इतिहास वर्तमान नेतृत्वका कारण अझै अज्ञात छ।

यी र यस्तै राष्ट्रिय गौरवका रूपमा रहेका प्रेरणादायी घटनाको खोजी, अनुसन्धान गर्ने कार्य पनि ओझेलमा परेको छ। आजको दिनले नयाँ पुस्ताको काँधमा एउटा चुनौतीपूर्ण जिम्मेवारी थपेको छ। बीपीको यस विशिष्ट अवसरले यस्ता अनन्त सम्भावनाका ढोका उघार्ने दिशामा वर्तमान नेतृत्वमा अवश्य चेतना उत्पन्न गर्नेछ।

आजको दिनमा वर्तमान नेतृत्वमा हराएको राजनीतिक नैतिकता विच हामीले लिनुपर्ने शिक्षा भनेको अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस जन्म देखिको नेपाली कांग्रेसको संक्षिप्त इतिहास

नेपाली कांग्रेसको स्थापनाः

नेपालमा ‘राष्ट्रियताको संरक्षण र सम्वर्धन गर्दै प्रजातान्त्रिक समाजवाद’ स्थापना गर्ने सिङ्गो आन्दोलनको अर्को नाम हो ‘नेपाली कांग्रेस’ । वर्तमान सर्न्दर्भमा राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिध्दान्त अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्रात्म राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था, तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्याय पूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनैतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य बोकेको, नेपाली जनताको अगाद श्रद्धा र सम्मान पाएको यो नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो ।

जननायक वी.पी. कोइरालाले २ अक्टुवर १९४६ मा पटनाबाट प्रकाशित हुने द र्सच लाइट पत्रिका मार्फ भारतमा रहेका नेपालीहरूलाई संगठित गर्ने उध्देश्यले नेपालीहरूको अखिल भारतीय संगठन निर्माणका निम्ति गरेको आहृवानबाट यसको जन्म भएको पाइन्छ ।

भारतीय स्वतन्त्रता संग्राम समेतका योध्दा वी.पी. कोइरालाको सक्रियतामा कार्तिक १५, २००३ -३१ अक्टुवर, १९४६) मा बनारसमा बस्ने नेपालीहरूलाई संगठित गरी देवि प्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस नामक संस्थाको स्थापना भयो ।

नेपालको ईतिहासमा नेपाली कांग्रेस परिवर्तनको पहिलो सुत्रधार र संबाहक हो। २००० साल यता जे जति जनक्रान्ति, क्रान्ति ,आन्दोलन र परिवर्तन भए यसको अग्रणी भूमिका र नेत्रित्व कांग्रेसअर्थात नेपाली कांग्रेसलेनै लियो ,लिंदै आयो र लिंदै पनि छ । साथै जस,दोष र माओवादीको हिंसाको पहिलो निशानी पनि यसैका आस्थावान भए काटिए,मारिए झुन्ड्याईए पत्तिले सेरिए तैपनि यंत्रों महान ऐतिहासिक जेठो दल नेपाली कांग्रेस आफूले परिवर्तनको आधारमा रचना गरेको आफ्नो ऐतिहासिक आर्जनलाई आफ्नो हो भनी अपनत्व ग्रहण गर्न र मूलउदेश्य अनुरूप ब्यवस्थापन गर्न कता कता चुक्दै गएको होकि जस्तो लागेर यी संस्थापक अग्रजहरूलाई संझौं ,सम्मान दिऊं ।जस्ले ईतिहास रचना गरेर हामी नेपाली सबै अटाऊने घर बनाएर गए ऊनीहरूलाई नेपाली कंग्रेसको ईतिहासको पानामा र एक छेऊमा ठाऊंदिन किन कन्जुस्यांईं भन्ने लागेर निर्वासित सुब्बा देविप्रसाद सापकोटा देखि वर्तमान निर्वाचित शेरबहादुर देउवा सम्मको सभापतित्व, कार्यभार र अधिवेशनस्थललाई स्मरण गरौँ। शुरुवातका ऐतिहासिक दिन अर्थात प्रजातन्त्रको विजारोपण बि सं १९९३ जेठ २२ गते काठमाण्डौंमा प्रजा परिषद खुलिसकेको थियो। जसअनुसार वीपी कोईरालाको  संयोजकत्वमा

गठित अखिल भारतीय नेपाली राष्ट्रीय कांग्रेसमा —
क. सभापति -सुब्बा देविप्रसाद सापकोटा

उपसभापति – वालचन्द्र शर्मा

महामन्त्री-कृष्ण प्रसाद भट्टराई (२००३/३/१५) नरेन्द्र रेग्मी हुनुहुन्थ्यो।
तत्यस पछि ( २००३ मंसीर) कलकत्तामा,
अखिल भारतीय गोरखा कांग्रेसको गठन भयो जसमा
ख. अध्यक्ष– ध्रर्म नारायण प्रधान ,सुर्यमान वान्तवा,देवव्रत परियार,धनमानसिंह परियार र दिलीप कुमार शाही हुनुहुन्थ्यो जसलाई नेपाली कांग्रेसले गन्तिमा पहिलो अधिवेशन मानिआएको २००३ माघ १२,१३) हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *