मुख्य समाचार

उपाध्यक्ष वामदेव राष्ट्रियसभामा सिफारिस

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बिहीबार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सञ्चार सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत् दिएको जानकारीअनुसार सचिवालय बैठक सम्पन्न भयो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतम पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिश हुने बैठकलाई जानकारी गराएका हुन् ।

कार्यदलको प्रतिवेदनमा बैठकमा छलफल भई ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको सल्लाहकार थापाले जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *