ताजा समाचार

मध्येराती वामदेव गौतम सुटुक्क वालुवाटार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्र राष्ट्रिय सभा सदस्यमा कसलाई मनोनय गर्ने भन्ने विषयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तनाब दिएकाे बेला उपाध्यक्ष वामदेव गौतम भने सुटुक्क वालुवाटार पुगेका छन् ।

ओलीले बुधबार साँझ वालुवाटारमा गौतमलाई बोलाएर एक्लै गोप्य भेटघाट गरी फकाउने कोसिसका साथ मध्यराती वालुवाटार बोलाएका हुन् । वालुवटार निकट स्रोतका अनुसार बेलकी साँढे सात बजे गौतम वालुवाटार पसेका थिए । उनी ९ः ३० मा मात्रै वालुवाटारबाट बाहिरिएका थिए । ओलीले तत्कालै युवाराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने त्यसका लागि गौतमको साथ चाहिएको ओली बताएका छन् । तर गौतमले आफ्नो अडान कायम राखेको स्रोतको दावी छ ।

विहिबार विहान बस्ने सचिवालय बैठक सहज होस भन्नका लागि ओलीले बेलुका गौतमलाई बोलाएर पकाउने प्रयास गरेका थिए । सचिवालय बैठकमा विवाद सुल्झने भन्दा बल्झनेतर्फ उन्मुख भएपछि ओलीले आफूलाई सहज हुनेगरी गौतमसँग परामर्श गरेका हुन् । नेकपाभित्रको आन्तरिक विवाद सुल्झाउने क्रममा बनेको सुझाव कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको सचिवालय बैठकमा प्रतिवेदन भन्दा पनि गौतमलाई राष्ट्रिय सभामा पठाउने पुरानो निर्णय कार्यान्वयनको विषयले प्रवेश पाउने त्यसका सबैको समर्थन हुने देखिएपछि ओली आफू अप्ठ्यारो पर्ने भएकाले गौतमसँग छुट्टै छलफलमा बसेका हुन् ।

गौतमले आफू राष्ट्रिय सभा सदस्य हुने चाहान गरेपछि आन्तरिक विवाद समाधान भन्दा थप विवादतर्फ मोडिने संकेत देखा परेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *