मुख्य समाचार

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाले बताए । उनलाई ६ साउनमा पाटन अस्पतालको आइसियुमा भर्ना गरिएकी उनको आज उपचारकै क्रममा निधन भएको हो । डा. गेलाका अनुसार ती ६५ वर्षीया महिला उच्च रक्तचापकी बिरामी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *