काठमाडौं । कोभिड १९ का कारण स्थगित कक्षा १२ को परीक्षा असोजमा हुने भएको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालन गर्न अनुमति दिएसँगै राष्ट्रिय परीक्षा बोर्डले तयारी थालेको छ । १५ असोज सम्म सम्पन्न गर्ने लक्ष्यसहित कक्षा १२ को परीक्षा तयारी थालेको बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले २०७६ साल वैशाख १५ गतेदेखि कक्षा १२ को र २९ गतेदेखि कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सञ्चालन गर्ने सूचना प्रकाशित गरिएको थियो । तर, कोरोना संक्रमणले गर्दा मुलुक लकडाउनमा गएकाले सम्पूर्ण पठनपाठन स्थगित गरिएको थियो ।




