काठमाडौं । कोरोना भाइरस संक्रमित चिनियाँ नागरिकको नेपालमा मृत्यु भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा चिनियाँ महिलाको बुधबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमित ती महिलाको हृदयघातबाट मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत ग्रान्डी अस्पतालमा ल्याइएको थियो । त्यसपश्चात मृतक महिलालाई ग्रान्डी अस्पतालबाट त्रिवि शिक्षण अस्पतालमा ‘रिफर’ गरिएको थियो । नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो पटक हो ।




