ताजा समाचार

आइतबार थप २१३ जनामा कोरोना संक्रमण देखियो

काठमाडौं । नेपालमा आज थप २ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नियमित मिडिया ब्रिफ्रिङका क्रममा जानकारी दिएको हो । जसमा २०९ जना पुरूष र ४ जना महिला छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ।

हालसम्म कोरोनाको उपचारपछि निको भएर ४ सय ६७ जना घर फर्केका छन । जसमध्ये ३ सय ९९ पुरुष र ६८ जना महिला छन । १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पीसीआर विधिबाट ९६ हजार २ सय ५ जनाको परिक्षण भएको छ भने आरडिटी विधिबाट १ लाख ४५ हजार ४९ जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । अहिलेसम्मा २ लाख ४१ हजार २ सय ५४ को परिक्षण भएको उनले बताए । क्वारेनटाइनमा १ लाख ७० हजार हजार ७ सय ३२ जना छन । आइसोलेशनमा २ हजार ९ सय ६८ जना छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *