प्रतिपक्षको भूमिकामा समेत नेपाली कांग्रेस असफल भएको विषयलाई लिएर लोकतान्त्रिक समाजले ठूलो असन्तुष्टि व्यक्त गरेको छ । लोकतन्त्रका खातिर कांग्रेसको भूमिका शसक्त र प्रभावकारी हुन आवस्यक छ । यसमा सरकारको विरोध र समर्थनको कुरा छैन । सत्तामा हिस्सेदारी र भागवण्डाको राजनीतिले लोकतान्त्रिक मुल्य, मान्यता,आदर्श एवं सिद्धान्त मर्माहित हुनु हुँदैन । नेपाली कांग्रेसले विगतदेखि देखाएको स्वतन्त्रता र न्यायको मार्ग भागवण्डा र व्यक्तिगत लाभहानीको विषयसंग सम्वन्धित छैन र होइन । यो विसुद्ध लोकतन्त्र र विधिको शासनसंग सरोकार राख्ने विषय भएकाले सोही अनुरुपको व्यवहार प्रस्तुति र सक्रिय नेपाली कांग्रेस भूमिका हुँनुपर्छ भन्ने आमलोकतन्त्रप्रेमीहरुको धारणा रहेको छ ।
सरकार विरोधी नेकपा पक्ष ओलीलाई कमजोर बनाउँनका लागि राम्रोसंग साथ खोजिरहेका छन । त्यसका लागि धेरै अनुकुल नभएकाले कांग्रेसको विरोध नेकपाको असन्तुष्ट पक्षबाट प्रसस्त भएको छ । कांग्रेस कहि कतै देखिदैन,कहिलेकही सानेपाको घर झगडा र आपसी भगण्डा र विरोधमा देखिन्छ भन्ने टिप्पणी नेकपाबाट नै आउछ । ओली दाहाल गठवन्धनले धेरैलाई ओझेलमा पारेको छ । यसलाई परास्त गर्न प्रतिपिक्षको रुपमा कांग्रेसको शसक्त प्रतिवाद आवस्यक देख्ने कम्युनिष्ट समुह र सरकारमा बसेका कम्युनिष्ट समुह र सरकारमा बसेको कम्युनिष्टहरुले नागरिक अधिकारमाथि धावा बोल्ने र त्यसलाई नियन्त्रण गर्न कानून नै नबनाएर निर्देशितमात्र होइन निरंकुश साशन नै सञ्चालन गर्न खोजेकोप्रति असन्तुष्ट लोकतन्त्रप्रेमी जनसमुदायको कांग्रेसप्रतिको अपेक्षा सरकारका तमाम जनप्रतिनिधि, लोकतन्त्रका सिद्धान्त प्रतिकुलका सम्पूर्ण काम कारवाही एवं गतिविधिप्रति कठोर प्रतिवाद गरोस भन्ने छ । लोकतन्त्रको सवालमा नेपाली जनताले कांग्रेसलाई विश्वास गरेका छन र पटक पटकका आन्दोलनहरुमा साथ समर्थन र सहयोग पुर्याएका छन । यो ऐतिहासिक जिम्मेवारीप्रति नेपाली कांग्रेस गम्भीर बन्न नसकेको कारण लोकतान्त्रिक समुदाय असन्तुष्ट छ ।
दुई तिहाई नजिकको कम्युनिष्ट सरकारले लोकतान्त्रिक व्यवस्था माथि पुर्याएको क्षतीले ल्याउने संकटबाट त्रशित भएका नागरिकलाई विश्वास दिलाउने भूमिका नेपाली कांग्रेस पार्टीले निर्वाह गर्न सकेन । केन्द्रीय समितिको बैठकले आवस्यक गम्भीरता देखाएन । आपसमा आरोप लगाउने, हिलो छ्यापाछ्याप गर्ने, एउटाको असंलग्नतामा अर्काको संलग्नता देख्ने, आधिकारी ठाउँमा छलफल नचलाउने, संस्थागत अभ्यास र निर्णय नगर्ने, गुटबन्दी गर्ने, गुटका अनुचरहरुलाई अवसर र प्राथमिकता दिने, इमान्दार र निष्ठावान नेता कार्यकर्ता पाखाँ लाग्ने, बहमान, डन, ठेकेदार र विहान बेलुका चाकरी बजाउन नेताहरुको दैलो धाउने, पैसा बुझाउने र बुझ्न जाने मात्र नेतृत्वमा रहेकाहरुको नजरमा पर्नुले नै कांग्रेसले आम मानिसले अपेक्षा गरेको दायित्व, जिम्मेवारी तथा भूमिका निर्वाह गर्न नसकेको हो । लोकतन्त्रप्रेमीहरुको कांग्रेसप्रतिको असन्तुष्टि स्वभाविक र जायज छ । नेपालमा त्यसको अगुवाई नै कांग्रेसले गरेको हो । कांग्रेस इतिहासको दायित्व र जिम्मेवारि बहनमा चुकेको त याथर्थ नै हो । व्यक्तिगत मानिस बनाएर त्यसलाई नै संगठन निर्माणमा संस्थागत अवधारणा र पार्टी बलियो भएको मान्ने हो भने त त्यसको परिणाम आइनै सक्यो । परिणामबाट पनि पाठ सिक्न नसक्ने र नचाहनेहरुसंग स्वतन्त्रताप्रेमी नागरिक कठोर हुनु नाजायज हो र ? आफ्नो व्यक्तिगत स्वार्थ पुरा भएपछि त्यसलाई लोकतन्त्रको परिभाषा भित्र राखिएर ताली बजाउने समाज र जमात खोजिएको हो भने त्यो संभव छैन । आलोचनात्म चेतना भएका र लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिवद्ध भएका इमान्दार निष्ठावान कार्यकर्ताको भावना बमोजिम चल्ने संकल्पका साथ प्रस्तुत नभएसम्म कांग्रेसको गुमेको शाख र छबी पुर्नस्थापित हुनै सक्दैन । अवसरवादीहरुको, भ्रष्टहरुको, विचौलिया तथा माफियाहरुको चंगुलबाट नेपाली कांग्रेसलाई मुक्त राख्न महाअभियान नै चलाउन आवस्यक भइसकेको छ । कम्युनिष्टहरुको अलोकप्रियता, निरंकुशशैली,स्वच्छचारीता तथा भ्रष्टाचारको फाइदा उठाउछौ भन्ने मान्यता र मानशिकता त्याग्न अति आवस्यक छ ।
विचार सफल तथा दल र नेता असफल भई दिनानुदिन स्खलित भएको राजनीतिक पार्टीको कोर्ष स्टडी गर्न नेपाली कांग्रेस उपयुक्त हुदैछ भन्ने दृष्टिकोणलाई एक ठाउँमा राखेर अध्ययन र विश्लेषण गर्यो भने धरै आधारहरु पहिल्याउन सक्छ । शिक्षा त प्राप्त हुन्छ नै, त्यसका अलवा कांग्रेसको भविश्य मेरो जिम्मेवारि भित्र पर्छ भन्ने घोषित, अघोषित, सुशुप्त एवं शसक्त रुपमा दाबी गर्नेहरुले मार्गचित्र बनाउन पनि कम्युनिष्टप्रति स्पष्ट, यसको असंलग्नता, कांग्रेस पार्टी, यसका नेता कार्यकर्ता सम्वन्धी व्यवस्था, व्यवहार र प्रस्तुतिको सुक्षम अध्ययन र विश्लेषण आवस्यक छ । तर, यसका लागि कोही तयार छैन । विरोध भइराखोस, आलोचना चलिरहोस, सरकार अरु बढी निरंकुश बन्दै जाओस, पार्टी भित्रका एक नेतालृ अर्को नेताको तेजोवध गरीरहुन भन्ने मानशिकताका मानिस कांग्रेसलाई कब्जा गरेर स्वार्थ पुरा गर्न चाहान्छन् । अन्य योग्यता, क्षमता र दक्षता, नभएका नेतृत्व तहका अधिकांश व्यक्तिहरुको भजन मण्डलीका खास सदस्य रहेका राजनीतिक व्यवसायीहरुले कांग्रेस पार्टीको अरु बढी बद्नाम गराएका छन् ।
बास्तवमा कांग्रेसका इमान्दार मतदाताहरु कही कतै विचलित छैनन । ठेकेदार र डनलाई उम्मेदवार बनाउदा पनि मतदान गरेकै छन् । इतिहास भएका र बनाएका व्यक्तिहरु माथि भएको अन्याय देखेर पार्टीमा नयाँ मानिसको आकर्षण छैन । पुराना र त्यागी राजनीतिक परिवारका नयाँ सदस्यहरु समेत अतिधेरै असन्तुष्ट छन् । पार्टीले मूल्यांकन गरेन, प्राथमिकतामा पैसावाल र पाखुरा बलिया भएका, समाजमा बद्नाम, भ्रष्ट आचरण भएका व्यक्तिहरु परे । सुरुमा नै यसले पैसा खर्च गर्न सक्छ कि सक्दैन भन्ने दृष्टिबाट उम्मेद्वारको मूल्यांकन हुन्छ । मुल्यांकन गर्ने तहमा नै ठेकेदार र डनहरु अगाडी देखिन्छन । उनीहरुको अनुहार हेरेर भोट दिने जागर पनि आउदैन, के का लागि भोट दिने भन्ने आक्रोश पुराना कांग्रेसी परिवारले पोख्ने गरेका छन् । जसको पहुँच नेताहरुको दरवारसम्म छैन, कहिले कही धाएर पुगिहाले भने भेट्नै पाउँदैनन । संगै गएको पैसावाल, डन र पहुचवालाले भेट पाउँछ तर इमान्दारले यो वा त्यो बहानामा भेट न पाउदैन । त्यही पैसावाल, दलाल, माफिया र तस्करले चिया खाउँ भनेर लैजान्छ र आफूले नेताहरुलाई भेटेको फूर्ति सुनाउदै तपार्इँको इमान्दारीता र त्यागक्ो कुनै काम छैन भनी अर्ति समेत दिन भ्याउछ । नेताको प्राथमिकतामा तपाईँ होइन म छु भनी गर्वले सुनाउँछ ।




