काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य उम्मेद्वार टुंगो लगाएको छ । पदाधिकारी बैठले १८ पदका लागि माघ ९ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको नाम टुंग्याएको हो । प्रदेश नं २ मा दुईमा सिटमा भने कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको छ। उक्त सहमतिअनुसार प्रदेश नं २ मा हुने चार सदस्य पदको निर्वाचनमा काँग्रेस र समाजवादी पार्टीले दुई-दुई पदमा उम्मेदवारी दिनेछन् ।
शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको नामावाली टुंगो लगाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उम्मेदवारहरुको नामावली
प्रदेश नं. १
१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
२. मिना पुलामी मगर (सुनसरी) महिला
३. राजेन्द्र घिमिरे (झापा) अन्य
प्रदेश नं. २
१. नगिना यादव (महोत्तरी) महिला
२. भोला पन्जियार (धनुषा) अल्पसंख्यक-अपाङ्गता
प्रदेश नं. ३
१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला
प्रदेश नं. ४
१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
२. विमला गौचन (म्याग्दी) महिला
प्रदेश नं. ५
१. बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
२. गिरिजा न्यौपाने (दाङ) महिला
३. मेराज हलवाई (बाँके) अल्पसंख्यक-अपाङ्गता
प्रदेश नं. ६
१. डिल्लीराम पाठक (सुर्खेत) अन्य
२. सावित्री पौडेल (सुर्खेत) महिला
प्रदेश नं. ७
१. प्रताप ठगुन्ना (बैतडी) अन्य
२. तुलसी देवकोटा (कैलाली) महिला
पुस २० गते आइतबार मनोनयन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।