देश

बाराको निजगढ पुगेका गृहमन्त्री गुरुङलाई बुझाए मीटरब्याज पीडितहरूले मागपत्र

काठमाडौं । निकै लामो समयदेखि न्यायको पर्खाइमा रहेका रहेको मिटरब्याज पीडितहरुले बाराको निजगढ पुगेका गृहमन्त्री सुदन गुरुङलाई मागपत्र पेश गरेका छन् । मिटरब्जाज पीडितहरु केहि समयअघिदेखि नै न्याय मार्च अभियानअन्तर्गत मधेश–काठमाडौँ पैदल यात्रमा रहेका थिए । सुकुम्वासी समस्या, आत्मदाह प्रहरण ,सञ्चारगृहमा संकास्पद सवारीको विषयलाई लिएर काठमाडौंँमा आन्दोलन चर्कने संकेत थाहा पाएपछि गृहमन्त्री गुरुङ उनीहरलाई भेट्न निजगढ पुगेका हुन् ।

धनुषाको जनकपुरधामदेखि काठमाडौंसम्मको पैदलयात्रामा निस्किएका मीटरब्याज पीडितलाई बाराको निजगढमा भेटेर पीडितहरुको मागपत्र बुझेका हुनु । स्रोतका अनुसार गृहमन्त्री गुरुङले बुझेको मागपत्र प्रधानमन्त्री बालेन्द्र सहलाई पठाइएको छ । सो विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय छलफल भइरहेको छ । छलफलको निष्कर्षपछि फेरि गुरुङ्गसँग वार्तामा बस्ने बुझिएको छ ।

उनीहरु तेस्रोपटक हिँडेर खाली खुट्टै काठमाडौं आउन लागेका थिए । उनीहरुले सरकारसँग फर्जी लिखत खारेज, मीटरब्याजविरुद्ध शक्तिशाली विशेष ऐन निर्माण, मीटरब्याजविरुद्ध न्यायाधिकरण गठन, सुदखोरको सम्पत्ति छानबिन, पीडितको सम्पत्ति फिर्ता र न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चितताको माग राखेका छन् ।

कांग्रेस ,एमालेको तथा नेकपा माओवादीको तत्कालीन सरकारले समाधान गर्न नसकेको सो समस्या रास्वपा नेतृत्वको सरकारले समाधान गर्न सक्ला त ? नागरिकहरुले वर्तमान सरकार काममा भन्दा बढी प्रचारबाजीमा लागेको विश्लेषण गर्न थालेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *