जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
५ दलका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम आज (शनिबार) बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सोनलले विश्वासको मत लिने तयारी गरेका हुन्।
१०७ सदस्यीय प्रदेशसभामा हाल १०४ जना सदस्य कायम छन्। संविधानअनुसार विश्वासको मतका लागि कायम सदस्यको बहुमत — अर्थात् कम्तीमा ५३ मत — आवश्यक हुन्छ।
मुख्यमन्त्री सोनलसँग जसपा नेपालका १८ जना, जनमत पार्टीका ११ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा (एकीकृत समाजवादी) का ७ जना, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ जना गरी जम्मा ५५ सांसदको समर्थन रहेको छ।



