काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् प्रतिनिधिसभा बैठकमा आफ्नो पछिल्लो तुर्कमेनिस्तान भ्रमण, भूपरिवेष्टित विकासशील मुलुकहरूका सम्मेलनमा सहभागिता तथा समसामयिक राजनीतिक र विकास सम्बन्धी विषयमा विस्तृत सम्बोधन गरेका छन्।
प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा नेपालले हासिल गरेका आर्थिक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, उर्जा, कृषि र सूचना प्रविधि क्षेत्रमा भएका उपलब्धिहरू प्रस्तुत गर्दै भूपरिवेष्टित विकासशील मुलुकहरूको सम्मेलनमा नेपालको नेतृत्व र अन्तर्राष्ट्रिय सहभागिताको जानकारी संसद्मा दिएका छन्।
उनले आफ्नो भ्रमण सफल भएको, विभिन्न देशका उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट भएको, वर्तमान राजनीतिक समीकरणमा कुनै परिवर्तन नहुने, सहकारी ठगी प्रकरणमा प्रतिशोध नगर्ने र संसद्लाई उत्पादनशील थलो बनाउने प्रयास जारी रहेको समेत बताएका छन्।
प्रधानमन्त्री ओलीले सम्मेलनमा निम्न विषयमा जोड दिएका थिए :
भूपरिवेष्टित मुलुकहरूमा पूर्वाधार अभाव, बजार सीमितता, प्राथमिक उत्पादनमा आधारित निर्यात व्यापार, उच्च पारवहन लागत, न्यून वैदेशिक लगानी र जलवायु परिवर्तनका असर।
आपसी सहयोग र साझेदारी विस्तार गर्दै विकास साझेदारहरूको सक्रिय समर्थन आवश्यक।
नेपालले स्मार्ट पूर्वाधार, राजमार्ग र रेल्वे विस्तार, व्यापारिक मार्ग निर्माण र हरित ऊर्जा करिडोरको माध्यमबाट सीमापार सम्पर्क सुधारमा काम गरिरहेको।
विज्ञान, प्रविधि र नवप्रवर्तनमार्फत उत्पादकत्व र रोजगारी सृजना गर्ने महत्व।
जलवायु वित्त पहुँच, अनुकूलन रणनीति र नोक्सान क्षतिपूर्ति कोषबाट लाभ उठाउन भूपरिवेष्टित मुलुकहरूको क्षमता विकास।
दीगो संरचना निर्माण, सहज यातायात प्रणाली र क्षेत्रीय सुरक्षा–सहकार्य प्रवर्द्धन।
प्रधानमन्त्री ओलीले सम्मेलनका विभिन्न उच्चस्तरीय राउन्ड टेबलमा सहभागी भई सम्बोधन गर्दै, हिमाल संरक्षण, जलवायु संकट सामना र दक्षिण–दक्षिण सहयोग प्रवर्द्धनमा नेपालको सक्रिय नेतृत्वको प्रतिबद्धता पनि पुनः पुष्टि गरेका छन्। ओलीले अन्तमा संसद्मा नेपालको विकास र अन्तर्राष्ट्रिय कूटनीतिक पहललाई अघि बढाउने दायित्व तथा सरकारको हालसम्मको उपलब्धि साझा गर्दै आगामी कार्ययोजनामा निरन्तरता रहने स्पष्ट पारे।
प्रधानमन्त्रीको सम्बोधन पूर्ण पाठ :




