राजनीति

तुर्कमेनिस्तान भ्रमणको प्रतिवेदन संसदमा, प्रधानमन्त्री ओलीले प्रस्तुत गरे प्रमुख उपलब्धि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न तुर्कमेनिस्तान भ्रमणको विस्तृत विवरण संघीय संसदमा प्रस्तुत गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले भूपरिवेष्टित विकासशील राष्ट्रहरू ९ीीम्ऋ० को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालको भूमिका र भ्रमणका उपलब्धिबारे जानकारी दिए।

साउन १८ गते मध्यराति तुर्कमेनिस्तानको अवाजा सहरतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किएका थिए। सम्मेलन साउन २० देखि २३ गतेसम्म भएको हो, जसमा नेपाल ीीम्ऋ समूहको अध्यक्षका रूपमा सहभागी भएको थियो।

कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोका अध्यक्षको हैसियतमा प्रधानमन्त्री ओलीले सम्मेलनमा सम्बोधन गर्दै भूपरिवेष्टित राष्ट्रहरूको विशेष चुनौती र समाधानका उपायहरू प्रस्तुत गरे। उनले यातायात पूर्वाधार, व्यापार सहजता, र क्षेत्रीय सहकार्यका विषयमा नेपालको अनुभव र प्राथमिकता अन्तर्राष्ट्रिय समुदायसमक्ष राखेका थिए।

यस अवसरमा उनले विभिन्न मुलुकका प्रतिनिधिमण्डल प्रमुख, संयुक्त राष्ट्रसंघका अधिकारी तथा अन्य अन्तर्राष्ट्रिय निकायका उच्चपदस्थ व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। प्रधानमन्त्री ओलीको भ्रमणमा प्रथम महिला राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, एमाले सांसद सूर्य थापा, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्चपदस्थ सरकारी अधिकारी, मिडियाकर्मी र सुरक्षाकर्मी सम्मिलित थिए।

सरकारको दाबीअनुसार, यो भ्रमणले नेपाललाई भूपरिवेष्टित राष्ट्रहरूको पक्षमा सशक्त आवाज उठाउने अवसर दिलाएको छ, जसको दीर्घकालीन प्रभाव व्यापार र पूर्वाधार विकासमा देखिने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *