काठमाडौं । गृहमन्त्री रमेश लेखक र संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय संयोजक हाना सिंगर हाम्डीबीच सिंहदरबारमा भेटवार्ता सम्पन्न भएको छ। बिहीबार भएको उक्त भेटमा शान्ति प्रक्रिया, मेलमिलाप, र विपद् व्यवस्थापनका विषयमा सहकार्यबारे गम्भीर छलफल भएको छ।
संयोजक हाम्डीले द्वन्द्वपछिको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सत्य निरूपण तथा मेलमिलाप आयोगको कामप्रति चासो व्यक्त गरिन्। साथै, उनले नेपालमा विपद् व्यवस्थापनमा संयुक्त राष्ट्रसंघको निरन्तर समर्थन रहने विश्वास पनि दिलाइन्।
गृहमन्त्री लेखकले आयोगमार्फत शान्ति प्रक्रिया टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताए। उनले संयुक्त राष्ट्रसंघले विपद् व्यवस्थापनमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ सघन सहकार्यको अपेक्षा व्यक्त गरे। यो भेटवार्ताले नेपाल र संयुक्त राष्ट्रसंघबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ।




