काठमाडौं । एमालेले सक्रिय राजनीतिमा प्रतिबन्ध लगाएको केही दिनपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपटक सार्वजनिक रूपमा आफ्नो धारणा राख्नेक्रममा बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन सुरु गरेकी छिन्।
साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टी राजनीतिमा फर्कन निषेध गर्ने निर्णय गर्दै उनको सदस्यता समेत खारेज गरेको थियो। उक्त निर्णयपछि भण्डारीको यो पहिलो औपचारिक सार्वजनिक उपस्थिति हो।
पार्टीको निर्णयप्रति प्रतिक्रिया दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा भण्डारीले एमाले नेतृत्वको निर्णय, पूर्वराष्ट्रपतिको हैसियत र लोकतान्त्रिक अभ्यासका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ।
एमालेले भने, राष्ट्रपति पद सम्हालेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कनु संविधानको मर्म र भावना विपरीत हुने ठहर गर्दै भण्डारीलाई रोक लगाएको थियो। आजको पत्रकार सम्मेलनलाई यसै पृष्ठभूमिमा पूर्वराष्ट्रपतिद्वारा सार्वजनिक हस्तक्षेपको प्रयासका रूपमा हेरिएको छ।




