काठमाडौं । चैत १५ गते पक्राउ परेका नेताहरूको रिहाइ नहुँदासम्म राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलन नरोकिने बताएको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार साँझ प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राप्रपाको आन्दोलन जारी रहने बताएका हुन्। “रिहाइ नभएसम्म हामी यस्तै आन्दोलनमा रहनेछौँ,” लिङ्देनले भने। उनले थपे, पार्टीभित्र छलफल गरेर आगामी रणनीति तय गरिनेछ।
राप्रपाले नेताहरूको गिरफ्तारीलाई अनुचित भनेको छ र आन्दोलनलाई दबाउन गरिएको प्रयासका रूपमा व्याख्या गरेको छ।




