राजनीति

सभामुख घिमिरेले बोलाए छलफलमा दलका प्रमुख सचेतकहरूलाई

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन् । सत्तामा रहेको दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सभामुख घिमिरेले सोमबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । सभामुख घिमिरेले केही बेरअघि सत्तामा रहेको दल नेपाली काग्रेस र एमालेका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।

सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा भएको बैठकमा उपसभामुख इन्दिरा रानासहित एमालेका मुख्य सचेक महेश बर्तौला तथा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे उपस्थित रहेका थिए । सरकारले संसद्को हिउँदे अधिवेशनको तयारी स्वरूप सभामुख घिमिरेले बैठक बोलाएका हुन् । संसद्को हिउँदे अधिवेशन माघ १८ बाट सुरू हुने मिति घोषणा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *